तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या

हिमाल प्रेस २७ असोज २०८१ १९:५६ | Sunday, October 13, 2024
तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या

तनहुँ–तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ। कारागारका स्वास्थ्य सहायक श्यामसिंह बोहोरा सुरुवा भई अन्यत्र गएपछि कैदीबन्दीको उपचारमा समस्या भएको हो।

स्वास्थ्य सहायक बोहोरा यही असोज १ गते सरुवा भई शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकु गएपछि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन भएको हो। स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या हुँदै आएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए।

‘कैदीबन्दी सामान्य बिरामी हुँदासमेत दमौली अस्पताल लैजानुपर्ने बाध्यता छ,’ उनले भने।

कारागारको गाडी नहुँदा राति कैदीबन्दीलाई उपचारका लागि अस्पताल लैजान झनै समस्या हुने गरेको प्रमुख अधिकारीले बताए। कारागारमा कैदीबन्दीमा बढीजसो छालासम्बन्धी रोग रहेको छ। जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा रहेकाले कैदीबन्दी समेत यसबाट बढी सङ्क्रमित हुने अवस्था रहेको छ।

तनहुँ कारागारको ब्लक ‘ए’ मा एक सय ३२, ब्लक ‘बी’ मा एक सय ७३ र ब्लक ‘सी’ मा २६ कैदीबन्दी रहेका छन्।

प्रकाशित: २७ असोज २०८१ १९:५६ | Sunday, October 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast