डेनिला कार्की बनिन् मिसेस नेपाल वर्ल्ड २०२४

हिमाल प्रेस ११ कार्तिक २०८१ १२:५८ | Sunday, October 27, 2024
डेनिला कार्की बनिन् मिसेस नेपाल वर्ल्ड २०२४

काठमाडौँ- विवाहित महिलाहरुको लागि आयोजित मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन्।

प्रज्ञा प्रतिष्ठान कमलादी आयोजना गरिएको ग्राण्ड फिनाले उनले उक्त टाइटल हासिल गरेकी हुन्। कार्कीलाई माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री वसन्धुरा भुसालले पुरस्कार प्रदान गरे। योसँगै कार्कीले अमेरिकामा हुने मिसेस वर्ल्ड प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएकी छन्।

प्रतियोगीतामा एलिना घिमिरे फस्ट रनरअप, किरण कार्की सेकेन्ड रनरअप र अनु कार्की थर्ड रनरअप घोषित भए। त्यस्तै पब्लिक चोइस विजेतामा माया लामा पारेकी छन्। भने भ्यूवर च्वाइसमा नानु सिंह विजेता बनेका छन्। कार्यक्रम रिबन इन्टरटेनमेन्टले आयोजना गरेको हो।

प्रकाशित: ११ कार्तिक २०८१ १२:५८ | Sunday, October 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast