काठमाडौँ- डीआईजीद्वय किरण राणा र सुन्दरप्रसाद ह्योजु एआईजीमा बढुवा भएका छन्। आज (मंगलबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले जनपदतर्फ राणा र प्राविधिकतर्फका ह्योजुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
राणालाई प्रदेश समन्वय विभागको प्रमुखमा पदस्थापन गरिएको छ। त्यस्तै प्राविधिकतर्फका ह्योजुलाई प्रहरी अस्पताल महाराजगञ्जको निर्देशक पदमा पदस्थापन गरिएको छ।
प्रकाशित: १३ कार्तिक २०८१ २१:४० | Tuesday, October 29, 2024
प्रतिक्रिया





