ट्रम्प भन्छन् : राष्ट्रपतिका सबै उम्मेदवारको दिमाग परीक्षण गरिनुपर्छ

हिमाल प्रेस ५ कार्तिक २०८१ १६:३२ | Monday, October 21, 2024
ट्रम्प भन्छन् : राष्ट्रपतिका सबै उम्मेदवारको दिमाग परीक्षण गरिनुपर्छ डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिकामा नयाँ राष्ट्रपति निर्वाचनको दिनगन्ती सुरू भइसकेको छ। रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस चुनावी मैदानमा आमुन्नेसामुन्ने देखिएका छन्।

चुनाव नजिकिँदै गएपछि ह्यारिस र ट्रम्पले प्रचार–प्रसार अभियानलाई तीब्र बनाएका छन्। दिनहुँ चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा उनीहरू मतदातासँग भेट गरिरहेका छन्।

प्रचार–प्रसारका क्रममा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार ट्रम्पले राष्ट्रपतिका सबै उम्मेदवारको दिमागको काम गर्ने क्षमताको परीक्षण गर्नुपर्ने बताएका छन्।

‘म आफ्नो मानसिक स्वास्थ्यलाई ठीक राख्नुपर्नेमा जोड दिइरहेको छु,’ ह्यारिसको टिप्पणीमाथि जवाफ दिँदै उनले भने,‘मलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएको छैन।’

पेन्सिल्वेनियामा चुनावीसभालाई सम्बोधन गर्दै उनले राष्ट्रपति चुनाव लड्ने सबै आकांक्षीहरूको मानसिक स्थिति परीक्षण गरिनुपर्ने जिकिर गरे। ट्रम्पले भने,‘म राष्ट्रपतिका लागि इच्छुक सबैले परीक्षण गर्नुपर्छ भन्ने मेरो माग हो। यद्यपि यो उमेरको आधारमा हुनुहुन्न।’

आफ्नो उमेर ८० वर्ष रहेको बताउँदै उनले विश्व इतिहासका कतिपय नेताहरू यो उमेरभन्दा माथिको रहेको उल्लेख गरे।
डेमोक्रेटिक उम्मेदवार ह्यारिसले विरोधीले गरिरहेको सबै गलत प्रचारबाजीको सामना गर्न तयार रहेको बताएकी छन्।

प्रकाशित: ५ कार्तिक २०८१ १६:३२ | Monday, October 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast