टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

हिमाल प्रेस ११ कार्तिक २०८१ १५:०४ | Sunday, October 27, 2024
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

काठमाडौँ– बहराइनको मानामामा जारी आइएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला ‘टिम इभेन्ट’मा साउदी अरबियालाई पराजित गरेको छ।

बहराइन नेसनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटीहल ‘बी’ मा ९ देखि १३ औँ स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरेबियालाई ४–१ ले पराजित गर्‍यो। जीतसँगै नेपालले सोमबार ९ देखि ११ औँ स्थानका लागि युगान्डा वानसँग खेल्नेछ। यो खेल जितेमा नेपालले पुनः ९ देखि १०औँ स्थानका लागि खेल्ने अवसर पाउनेछ। नतिजा अनुकूल नआएमा नेपाल ११औँ स्थानमा रहनेछ।

महिला टिम इभेन्टमा नेपालले समूह चरणमा इङ्ल्यान्ड, अजरवैजान, इटाली र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गरेको थियो। नेपाल इङ्ल्यान्डसँग ४–३, अजरवैजानसँग ५–२, इटालीसँग ५–२ र चाइनिज ताइपेईसँग ७–० ले पराजित भएको थियो। महिला टिममा नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेली रहेका छन्।

महिलामा नेपालले सिङ्गल्स स्पर्धामा पनि प्रतिस्पर्धा गर्नेछ । पुरुषमा जेविश बुर्लाकोटी र आशिष महताले पनि सिङ्गल्समा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

प्रकाशित: ११ कार्तिक २०८१ १५:०४ | Sunday, October 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast