काठमाडौँ- टर्कीको राजधानी अंकारामा एक विमान कम्पनीको मुख्यालयबाहिर विस्फोट भएको छ। टर्किस एयरोस्पेस इन्डस्ट्रीजनजिक विस्फोट भएको हो।
टर्कीका अधिकारीहरूले यो घटनालाई आतंकवादी आक्रमण भनेका छन्।
टर्कीका गृहमन्त्री अली येरलिकायाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘दुर्भाग्यवस केही मानिसको मृत्यु भएको छ, केही घाइते छन्।’
स्थानीय सञ्चारमाध्यमहरूले विस्फोटको बेला गोली चलेको आवाजसमेत सुनिएको जनाएका छन्।
प्रकाशित: ७ कार्तिक २०८१ २०:३१ | Wednesday, October 23, 2024
प्रतिक्रिया




