 अविरल वर्षासँगै गत शुक्रबार राति धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्लेखोलामा खसेको पहिरो। यही पहिरोमा पुरिएका तीन वटा सवारीसाधनबाट ३५ जनाले ज्यान गुमाएका छन्। यो तस्बिर पहिरो पन्छाउने क्रममा आइतबार कैद गरिएको हो। तस्बिर : शंकर श्रेष्ठ : रासस
                             अविरल वर्षासँगै गत शुक्रबार राति धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्लेखोलामा खसेको पहिरो। यही पहिरोमा पुरिएका तीन वटा सवारीसाधनबाट ३५ जनाले ज्यान गुमाएका छन्। यो तस्बिर पहिरो पन्छाउने क्रममा आइतबार कैद गरिएको हो। तस्बिर : शंकर श्रेष्ठ : रासस
                                            गोरखा- झ्याप्ले खोला पहिरोमा ज्यान गुमाएका गोरखाका दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग उपलब्ध गराएको छ।
यही असोज ११ गते राति गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदै गरेको ना ४ ख २२७० नको बस पहिरोमा पुरिँदा मृत्यु भएका दुई जनाको परिवारलाई आइतबार घरमा पुगेर राहत रकम उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।
पीडित परिवारलाई प्रतिमृतक दुई लाख ५० हजारका दरले राहत सहयोग उपलब्ध गराइएको उनले बताए।
‘पहिरोमा ज्यान गुमाएका बसका चालक भीमसेन थापा गाउँपालिका–४ धावाका मदन परियार र गण्डकी गाउँपालिका–४ का नवराज तिवारीको परिवारलाई राहत प्रदान गरिएको छ’, प्रजिअ दाहालले भने।
उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई राहत रकम उपलब्ध गराएको हो।
कोषमा संघीय सरकारका तर्फबाट प्राप्त दुई लाख र गण्डकी प्रदेश सरकारका तर्फबाट प्राप्त ५० हजार गरी एकमुष्ट दुई लाख ५० हजार पीडित परिवारलाई उपलब्ध गराइएको प्रजिअ दाहालले बताए।
सोही पहिरोमा परेर ज्यान गुमाएका अन्य पीडित परिवारलाई दसैँलगत्तै घरमै पुगेर राहत रकम उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 