जोयश पाण्डेको निर्देशनमा तिहार विशेष म्युजिकल फिल्म सार्वजनिक

हिमाल प्रेस ९ कार्तिक २०८१ १२:२९ | Friday, October 25, 2024
जोयश पाण्डेको निर्देशनमा तिहार विशेष म्युजिकल फिल्म सार्वजनिक

काठमाडौँ- जोयश पाण्डेको निर्देशनमा तिहार विशेष म्युजिकल फिल्म ‘रमाइलो तिहार’ सार्वजनिक भएको छ।

भिडियोमा विदेशमा रहेको भाइलाई टीका लगाउन नेपालदेखि अमेरिकासम्म यात्रा गरेकी दिदीको कथा छ। भिडियोको अन्तमा भाइले आफ्नो पोडकास्ट सो मा दिदीलाई गेष्ट बनाएको देखाइएको छ।

म्युजिकल फिल्ममार्फत निर्देशक पाण्डेले तिहारको महत्व, दिदीभाइको आत्मीय सम्बन्ध र वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा उतै बस्ने परम्परालाई उजागर गर्न खोजेका छन्।

अमेरिकामै छायांकन गरिएको भिडियोमा अभिनेत्री पूजा चन्द, अभिनेता राज वल्लभ कोइरालासहित समीर रेग्मी, आकृति काफ्ले, मनोरथ खनाल, आकाश खतिवडाको अभिनय छ। ताइवानका चिनइन गावोले छायांकन गरेको भिडियो निशान घिमिरेको सम्पादनमा बनेको छ।

रमेश क्षेत्रीको शब्द, संगीत र संगीत संयोजन रहेको गीत प्रताप दासले गाएका छन्। यो फिल्म अमेरिमा रहेको ह्याप्पी होम स्टुडियोजले निर्माण गरेको हो।

प्रकाशित: ९ कार्तिक २०८१ १२:२९ | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast