जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार

हिमाल प्रेस १ कार्तिक २०८१ १९:१० | Thursday, October 17, 2024
जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार प्रतिनिधिमूलक तस्बिर।

जुम्ला- जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार गरिएको छ। यहाँका विभिन्न वस्तीमा अहिले राष्ट्रिय प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ।

कर्णालीलाई पूर्ण विद्युतीकरण गर्ने प्राधिकरणको कार्ययोजनाअनुसार यहाँका गाउँ गाउँमा प्रसारण लाइन विस्तारको काम तीव्ररुपमा भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष साहले जानकारी दिए। जिल्लाका ६० वडामध्ये २५ वटामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको छ।

प्रमुख साहका अनुसार तिला गाउँपालिका-६ घोडेमा विद्युत् लाइन विस्तार गरिएको छ। यस्तै तातोपानी गाउँपालिका–७ सुर्कीमा पनि विद्युत् लाइन जोडिएको छ। एक सय ४५ परिवारको बसोबास रहेको सुर्कीमा दसैँ अगाडि नै बत्ती बालिएको हो। पातारासी गाउँपालिका र गुठीचौर गाउँपालिकाका विभिन्न वडामा पनि विद्युत् लाइन पुर्‍याउने योजना रहेको प्राधिकरणले जनाएको छ।

यस्तै सिञ्जा गाउँपालिकाका ६ वडामध्ये तीन र पाँच नम्बर वडामा बत्ती पुगेको वितरण केन्द्रले जनाएको छ। गुठीचौर र कनकासुन्दरी गाउँपालिकाका सबै वडामा प्रसारण लाइन विस्तारको काम भइरहेको छ।

प्रकाशित: १ कार्तिक २०८१ १९:१० | Thursday, October 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast