जचुकालि जोगाउन आन्दोलनको अवस्था आउनसक्छ : निधि

हिमाल प्रेस ११ कार्तिक २०८१ २१:१८
जचुकालि जोगाउन आन्दोलनको अवस्था आउनसक्छ : निधि

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले जनकपुर चुरोट कारखाना जोगाउन आन्दोलन गर्ने अवस्था आउनसक्ने भन्दै तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिएको छैन।

जनकपुरधाममा नेपाल ट्रेड युनियन कांग्रेस धनुषाको प्रथम जिल्ला परिषदको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

जनकपुर चुरोट कारखानालाई निजीकरण गर्ने तयारी थालेपछि निधि विरोधमा उत्रिएका हुन्। उनले भने,‘जचुकालि निजीकरण गर्ने भन्ने सुन्दै छु, प्रादेशिक संरचना धरापमा पारेर संघीयता मास्ने योजना छ। जुनसुकै बेला आन्दोलन हुनसक्छ, तयार रहनोस्।’

आफूले यसबारे सरकारका उद्योगमन्त्रीलाई फोन गरेर चासो व्यक्त गरेको निधिले बताए। उनले भने,‘मैले उद्योगमन्त्रीलाई फोन गरेर सोधेको छु। उहाँले त्यस्तो हुँदैन भनेर भन्नु भएको छ।’

कसैले चाहँदैमा संघीयताविरोधी गतिविधि जनकपुरमा नचल्ने बताउँदै उनले संघीयता कमजोर पार्ने काम कसैलाई नगर्न चेतावनी दिए।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका निधिले प्रदेशको आफ्नै प्रहरी र निजामती कर्मचारी सुनिश्चित गर्न आन्दोलन हुनसक्ने बताए।

ट्रेड युनियन कांग्रेस धनुषाका अध्यक्ष महावीर दासको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य मुक्ता यादव, प्रदेश सांसद रामसरोज यादव, कांग्रेस जिल्ला सभापति योगेन्द्र पजियारलगायतका नेताहरूको उपस्थिति थियो।

प्रकाशित: ११ कार्तिक २०८१ २१:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast