 रवि लामिछाने।  फाइल तस्बिर
                             रवि लामिछाने।  फाइल तस्बिर 
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यही असोज १८ गते चितवनमा सार्वजनिक सुनुवाइ गर्ने भएका छन्।
आफूले गरेका हरेक कामको हिसाबकिताब आफ्ना मतदातालाई बुझाउने परम्पराको निरन्तरता दिन असोज १८ गते आफ्नो तेस्रो सार्वजनिक सुनवाइ गर्न इच्छाकामना, चितवन जाने उनले जानकारी गराएका छन्।
‘सबै मतदातालाई आफ्ना प्रश्नसहित यस कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दछु’, उनले भनेका छन्, ‘साथै, जनसरोकारको विषयमा गरिएको र राज्यरसमाजका सबै सरोकारवाला सहभागी हुने भएकाले यो कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ।’
                            प्रकाशित: १६ असोज  २०८१ ९:५६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 