चितवनका सीडीओ र एसपी तानिए

हिमाल प्रेस ७ कार्तिक २०८१ १७:३१ | Wednesday, October 23, 2024
चितवनका सीडीओ र एसपी तानिए गृह मन्त्रालय

काठमाडौँ- चिवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख (एसपी) केन्द्रमा तानिएका छन्।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव गृह र एसपी भावेश रिमाल प्रहरी प्रधान कार्यालयमा तानिएका हुन्।

यादवलाई केन्द्रमा तानेर नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा प्रकाश पौडेललाई पठाइएको छ। त्यस्तै चितवनको प्रहरी प्रमुखमा एसपी गौतम मिश्रलाई पठाइएको छ।

यसअघि उनी मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि चितवनमा रास्वपा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए।

रास्वपाका कार्यकर्ताहरूले लामिछाने पक्राउको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला बनाएर नारायणी नदीमा दाह संस्कार गरेका थिए।

यो घटना रोक्न नसकेका कारण प्रमुख जिल्ला अधिकारी र एसपीलाई केन्द्रमा तानिएको बताइएको छ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले भने प्रशासनिक आवश्यकता भएकाले रिमाललाई केन्द्रमा बोलाएर मिश्रलाई चितवन पठाइएको जानकारी दिए।

प्रकाशित: ७ कार्तिक २०८१ १७:३१ | Wednesday, October 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast