चर्चित गीत ‘सुनैको दरबार’ को दोस्रो भाग सार्वजनिक 

हिमाल प्रेस १ कार्तिक २०८१ १४:४८ | Thursday, October 17, 2024
चर्चित गीत ‘सुनैको दरबार’ को दोस्रो भाग सार्वजनिक 

काठमाडौँ- चर्चित गीत ‘सुनैको दरबार’ को दोस्रो भाग सार्वजनिक भएको छ। पुरानै गायकगायिका, संगीतकार र कलाकारको साथमा निर्माण टिमले दोस्रो भाग सार्वजनिक गरेकाे हाे।

रंगकर्मी नरेन भट्टराईले निर्देशन गरेको गीतको भिडियोमार्फत सन्तान नहुँदा समाजले हेर्ने दृष्टिकोणलाई प्रस्तुत गरिएको छ।  रंगकर्मी कृष्ण खड्काको कथामा तयार पारिएको भिडियोमा कलाकार विपिन कार्की र लूनिभा तुलाधर पति पत्निको भूमिकामा छन्। प्रमोद कार्कीले छायांकन गरेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन्।

प्रमोद खरेल र अस्मिता अधिकारीको स्वर रहेको गीतमा दीपकराज विश्वकर्माले संगीत भरेका छन्। क्षितिज सापकोटाको शब्द रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन छ।

गीतकार तथा निर्माता क्षितिज सापकोटाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

यस्तो छ गीत

प्रकाशित: १ कार्तिक २०८१ १४:४८ | Thursday, October 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast