चर्चित गायक लियाम पायनेको मृत्यु

हिमाल प्रेस १ कार्तिक २०८१ ७:४२ | Thursday, October 17, 2024
चर्चित गायक लियाम पायनेको मृत्यु

काठमाडौँ-  विश्व चर्चित पप ब्यान्ड ‘वान डाइरेक्सन’का पूर्वसदस्य लियाम पायनेको ३१ वर्षको उमेरमा निधन भएको छ। बेलायती गायक पायनेको ब्युनर्स आयर्सस्थित एक होटलको कोठाबाट खसेर ज्यान गएको एएफपीले जनाएको छ। उनको शव स्थानीय समयअनुसार बुधबार बिहान होटलबाहिर फेला परेको अर्जेन्टिनी प्रहरीलाई उधृत गर्दै समाचारमा जनाइएको छ।

अमेरिकी गायक चार्ली पुथले इन्स्टाग्राममा भनेका छन्, ‘यो घटना सुनेर म चकित छु। लियाम सधैँ मेरा लागि दयालु थिए। उनी मसँग काम गर्ने पहिलो प्रमुख कलाकारमध्ये एक थिए। उनको निधनबारे मलाई विश्वास छैन।’

अमेरिकी म्युजिक च्यानल एमटीभी, स्ट्रिमिङ सेवा स्पोटीफाईलगायतले पायनेको निधनमा दुःख व्यक्त गरेका छन्। गायक पायनेले ह्यारी स्टाइल्स, जेन मलिक, नाइल होरान र लुइस टम्लिन्सनसँगै विघटित भएको पप ब्यान्ड वान डाइरेक्सनको सदस्यका रूपमा विश्वव्यापी प्रसिद्धि पाएका थिए।

ब्यान्डले २०१० मा ब्रिटिस संस्करणको एक्स फ्याक्टर संगीत प्रतियोगिता सोमा तेस्रो स्थानमा आएपछि आफ्नो यात्रा सुरु गरेको थियो। तर २०१६ मा समूहका सदस्यहरू अलग भएका थिए। इन्टरटेनमेन्ट विक्लीले २०२४ मा वान डाइरेक्सनलाई तेस्रो ठूलो ‘ब्वाइ ब्यान्ड’ का रूपमा सूचीकृत गरेको छ। पायन अक्टोबर २ मा आफ्नो ब्युनस आयर्स कन्सर्टमा सहभागी थिए।

प्रकाशित: १ कार्तिक २०८१ ७:४२ | Thursday, October 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast