घरेलु मैदानमा ११ टेस्ट पछि पाकिस्तानले जित्यो पहिलो म्याच

हिमाल प्रेस २ कार्तिक २०८१ १५:२३ | Friday, October 18, 2024
घरेलु मैदानमा ११ टेस्ट पछि पाकिस्तानले जित्यो पहिलो म्याच

काठमाडौँ- पाकिस्तानको मुल्तानमा भएको दोस्रो टेस्टमा इंग्ल्यान्डलाई १५२ रनले पराजित गरेको छ।

घरेलु मैदानमा लगातार ११ टेस्टमा हार बेहोरेको पाकिस्तानले जित हासिल गरेको हो। यो जितसँगै पाकिस्तानले तीन म्याचको श्रृंखला १–१ ले बराबर गरेको छ।

यसका साथै १९८७ पछि पहिलोपटक टेस्ट म्याचमा पाकिस्तानका दुई स्पिन बलरले एउटै म्याचमा ५–५ विकेट लिएका छन्।

दोस्रो टेस्ट म्याचमा पाकिस्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। पाकिस्तानका कामरान गुलामले ११८ र सैम अयुबले ७७ रनको मद्तले पहिलो इनिङमा ३६६ रन बनाएको थियो।

पहिलो इनिङमा इंग्ल्यान्ड २९१ रनमा अलआउट भएको थियो। इंग्ल्यान्डका बेट डकेटले ११४ रनको शतकीय इनिङ खेले पनि अन्य ब्याटरहरूले राम्रो प्रदर्शन गर्न सकेनन्।

पाकिस्तानका लागि साजिद खानले सबैभन्दा बढी सात विकेट लिएका छन्।

दोस्रो इनिङमा ७५ रनको अग्रताका साथ ब्याटिङका लागि उत्रिएको पाकिस्तानले आगा सलमानको अर्धशतकको मद्तले २२१ रनको स्कोर खडा गरेको थियो।

दोस्रो इनिङमा पाकिस्तानविरूद्ध जित हासिल गर्न इंग्ल्यान्डले २९६ रन बनाउनुपर्ने थियो। तर, पाकिस्तानको शानदारब बलिङअगाडि इंग्ल्यान्ड टिम १४४ रनमा अलआउट भयो।

पाकिस्तानले दोस्रो टेस्ट १५२ रनले जितेको छ।

इंग्ल्यान्डविरूद्ध दोस्रो इनिङमा बलिङ गर्दै पाकिस्तानका नोमान अलीले सबैभन्दा बढी आठ विकेट लिए।

श्रृंखलाको पहिलो म्याचमा पाकिस्तानलाई मुल्तानमै हार बेहोर्नुपरेको थियो। पहिलो टेस्ट म्याच इंग्ल्यान्डले ४७ रनले जितेको थियो।

दोस्रो टेस्ट म्याचमा पाकिस्तानले बाबर आजम, शाहीन शाह अफ्रिदीविना मैदानमा उत्रिएको थियो।

प्रकाशित: २ कार्तिक २०८१ १५:२३ | Friday, October 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast