घट्यो सुनको भाउ

हिमाल प्रेस ८ कार्तिक २०८१ ११:३० | Thursday, October 24, 2024
घट्यो सुनको भाउ

काठमाडौँ- कीर्तिमानी मूल्य कायम भएको सुनको मूल्य बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको बुधबारदेखि दिनहुँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज सात सय रूपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला दुई हजार एक सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोलामा ४० रुपैयाँ घटेर दुई हजार ९५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०८१ ११:३० | Thursday, October 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast