घट्यो नेप्से परिसूचक

हिमाल प्रेस ४ कार्तिक २०८१ १६:०८ | Sunday, October 20, 2024
घट्यो नेप्से परिसूचक

काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार पुँजीबजारमा गिरावट आएको छ। आइतबार बजारमापक परिसूचक नेप्से ४७.४४ अंक घटेर २६९७ कायम भएको छ। कारोबार रकम भने बढेको छ।

गत बिहीबार ७ अर्ब १९ करोडको कारोबार भएकोमा आइतबार ८ अर्ब १८ करोड मूल्यबराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आइतबार घटेको बजारमा पनि १८ कम्पनीका लगानीकर्ताले भने आर्जन गरेका छन्। तर, २२६ कम्पनीका सेयरधनीले गुमाएका छन्।

आइतबार १३ वटै उपसमूहका सूचक घटेका छन्। बैंकिङ १.०२, विकास बैंक २.३४, फाइनान्स ४.००, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.१४, लगानी १.८९, जीवन बीमा २.४६, उत्पादन २.०५, माइक्रोफाइनान्स १.५२, निर्जीवन बीमा १.५२, अन्य १.५० तथा व्यापार समूहमा १.८६ प्रतिशतको गिरावट आएको छ।

कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्दा ङादी ग्रुप पावरको ९.८९, हिमालयन लघुवित्तको ५.९२ तथा अपर सोलु हाइड्रोको ३ प्रतिशत मूल्य बढेको छ। इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घटेको छ।

प्रकाशित: ४ कार्तिक २०८१ १६:०८ | Sunday, October 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast