गौशाला धर्मशाला विवाद : पर्यटनमन्त्री पाण्डेले डाके परिषद् बैठक

हिमाल प्रेस १ कार्तिक २०८१ ११:३१ | Thursday, October 17, 2024
गौशाला धर्मशाला विवाद : पर्यटनमन्त्री पाण्डेले डाके परिषद् बैठक संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डे। फाइल तस्बिर।

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक डाकेका छन्। मन्त्री पाण्डेले धर्मशालासम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिएका छन्।

पशुपति क्षेत्र विकास कोषका अध्यक्ष पनि रहेका पाण्डेले हिजो बुधबार (असोज ३० गते) ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका छन्।

मन्त्री पाण्डेले आइतबार (कात्तिक ४ गते) परिषद् बैठक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा डाकेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको राज्यको सम्पत्ति धर्मशालालाई कुनै व्यक्ति वा व्यापारिक समूहलाई सञ्चालन गर्न नदिने बरु गैरनाफामूलक ढंगले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्ने घोषणा गरेपछि विवाद भएको हो।

यसअघि धर्मशाला सञ्चालन गर्ने आएको मारवाडी सेवा समिति कोषको उक्त निर्णयको विरोधमा उत्रिएको छ।

प्रकाशित: १ कार्तिक २०८१ ११:३१ | Thursday, October 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast