गोगंबुबाट दुई रेड पाण्डाको छालासहित एक जना पक्राउ

हिमाल प्रेस १४ कार्तिक २०८१ १५:१३ | Wednesday, October 30, 2024
गोगंबुबाट दुई रेड पाण्डाको छालासहित एक जना पक्राउ

काठमाडौँ- काठमाडौँ महानगरपालिका–२६ गोगंबु मित्रनगरबाट रेड पाण्डाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बागङको वरेङ गाउँपालिका–३ घर भई काठमाडौँ महानगरपालिका स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनले भने, ‘प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनलाई दुईवटा रेड पाण्डाको छालासहित पक्राउ गरेको हो।’ उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०८१ १५:१३ | Wednesday, October 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast