‘गुन्याे चोलो’ अमेरिकाको तस्बिर फिल्म मार्केटमा छनोट

हिमाल प्रेस १ कार्तिक २०८१ १२:५६ | Thursday, October 17, 2024
‘गुन्याे चोलो’ अमेरिकाको तस्बिर फिल्म मार्केटमा छनोट

काठमाडौँ- लैंगिक अल्पसङ्ख्यक पारालैंगिक पात्रको कथामा बनेको फिल्म ‘गुन्याे चोलो’ अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा छनोट भएको छ।

अक्टोबर १७ देखि २० सम्म अमेरिकाको सियाटलमा आयोजना हुने तस्बिर फिल्म मार्केटका लागि छनोट भएको हो। जहाँ अमेजन एमजीएम स्टुडियो, पिलर्स फण्ड, ब्लमहाउस एचबीओ, सीएए, क्रिएटिभ ल्याण्ड स्टुडियोजस्ता प्रतिष्ठित फिल्म संस्था पनि सहभागी हुनेछन्।

फिल्म फेस्टिभलका संस्थापक र निर्देशक रीता मेहरले यस फेस्टिभललाई अस्कर योग्य दक्षिण एसियाली फिल्म फेस्टिभलको रूपमा विकास गरिने बताए।

फिल्म ‘गुन्युचोलो’मा नाजिर हुसेनको मुख्य भूमिका छ। फिल्ममा उनले पारालैलैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन्।
फिल्मका निर्देशक समुद्र भट्ट हुन्। फिल्ममा नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय छ।

नेपालको पहिलो पूर्ण ‘ट्रान्सस्टोरी’मा निर्मित फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ।

प्रकाशित: १ कार्तिक २०८१ १२:५६ | Thursday, October 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast