गाजा अस्पतालमा सयौँ बिरामी र कर्मचारी इजरायली सेनाको नियन्त्रणमा

हिमाल प्रेस ९ कार्तिक २०८१ २०:५७ | Friday, October 25, 2024
गाजा अस्पतालमा सयौँ बिरामी र कर्मचारी इजरायली सेनाको नियन्त्रणमा फाइल तस्बिर

गाजा– गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले उत्तरी गाजास्थित अस्पतालमा सयौँ बिरामी र कर्मचारीलाई हिरासतमा लिएको बताएको छ।

‘इजरायली सेनाले जबलिया सहरको कमल अड्वान अस्पतालमा आक्रमण गरेको छ,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘उनीहरूले लगातार बमबारीबाट अस्पतालमा शरण खोज्ने छिमेकी क्षेत्रका सयौं बिरामी, चिकित्सा कर्मचारी र केही विस्थापित व्यक्तिलाई हिरासतमा राखेका छन्।’

इजरायली सेनाले कमल एडवान क्षेत्रलाई निशाना बनाएका थिए।

‘सेना र इजरायली सुरक्षा एजेन्सीहरू आतंकवादीबारे गुप्तचरको आधारमा जबलियाको कमल अदवान अस्पतालको क्षेत्रमा अभियान सञ्चालन गरिरहेका छन्,’ विज्ञप्तिमा उल्लेख छ।

गाजाको सिभिल डिफेन्स एजेन्सीले इजरायली सेनाले जबलियाको शरणार्थी शिविरमा रहेको अस्पताललाई परिसरमा प्रवेश गर्नुअघि घेरेको जनाएको छ।

‘उत्तरी गाजा पट्टीको जबलिया शिविरमा रहेको कमल अडवान अस्पतालभित्र चिकित्सा र नर्सिङ टोलीसहित एक सय ५० भन्दा बढी बिरामी र कर्मचारीलाई इजरायली सेनाले घेरेका छन्,’ फर्स्ट रेस्पोन्डर एजेन्सीका प्रवक्ता महमुद बस्सलले बताएका छन्।

प्रकाशित: ९ कार्तिक २०८१ २०:५७ | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast