गण्डकीमा दीपक मनाङेले छाडेको वनमन्त्री बने कांग्रेसका भेषबहादुर

हिमाल प्रेस ५ कार्तिक २०८१ १३:०८ | Monday, October 21, 2024
गण्डकीमा दीपक मनाङेले छाडेको वनमन्त्री बने कांग्रेसका भेषबहादुर

काठमाडौँ- गण्डकी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रीमा नेपाली कांग्रेसका भेषबहादुर पौडेल नियुक्त भएका छन्। मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले उक्त मन्त्रालय छोडेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नै मन्त्रालय सम्हाल्दै आएका थिए।

आज मुख्यमन्त्री पाण्डेले लम्जुङका पौडेललाई वन तथा वातावरण मन्त्री नियुक्त गरेर सरकारलाई पूर्णता दिएका हुन्। पौडेल कांग्रेस इतर समूहका नेता हुन्। सत्ता गठबन्धनमा भएको फेरबदलपछि भौतिक मन्त्री रहेका मनाङेलाई वनमा सारिएको थियो उनी असन्तुष्ट भनेका थिए।

नौ मन्त्रालयको गण्डकीमा कांग्रेस र एमालेले समान चार र नेपाल समाजवादीबाट एकजना मन्त्री छन्। डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा गण्डकीमा एक सांसद छन्।

कांग्रेस एमालेसँगको गठबन्धनमा सहमति गर्दा पाँच मन्त्रालय पाउने सहमति भएको थियो। कांग्रेसले आफूले पाउने पाँचबाट एक नेसपालाई दिएको हो।

प्रकाशित: ५ कार्तिक २०८१ १३:०८ | Monday, October 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast