 
                             
                                            काठमाडौँ- नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीमा उमेर हदबारे आज मतदान हुँदैछ। सोमबार अबेर रातिसम्म बसेको कार्यलय टिमले मंगलबार उमेर हदका बारेमा निर्वाचन गर्ने सहमति गरेका थियो।
क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष नरेश रेग्मीले भने, ‘२८, ३०, ३२ उमेर हद लगाउने वा नलगाउने बारेको मत दान हुनेछ। आज उमेर हदका बारेमा मतदानबाट टुंगो लगाउँछौँ। भोलि नयाँ नेतृत्वको लागि मतदान हुनेछ।’
क्रान्तिकारीमा सोमबारसम्म प्रतिनिधिको पनि टुंगो लागेको थिएन। हिजो राति अबेरसम्म छलफल गरेर प्रतिनिधिबारेको विवाद टुंगो लगाएको रेग्मीले बताए। गत १० असोजदेखि सुरु भएको राष्ट्रिय सम्मेलनको बन्दसत्रमा उमेरहद लागू गर्नेरनगर्नेबारे बहस भइरहको थियो। माओवादी पदाधिकारीले पनि उमेर हदबारे निर्णय गर्न विद्यार्थीलाई नै जिम्मा दिएको छ।
सोमबार सम्मेलनस्थलमा कुर्सी हानाहान र नाराजुलुस भएपछि उमेर हद टुंग्याउने भनेको निर्वाचन प्रक्रिया नै सुरु हुन सकेन। निर्वाचन प्रक्रिया लम्बिएसँगै सम्मेलनको अवधि पनि लम्बिने भएको छ। यसअघि मंगलबार सम्मेलन सक्ने तयारी क्रान्तिकारीको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 