को बन्लान् रतन टाटाको उत्तराधिकारी?

हिमाल प्रेस २४ असोज २०८१ १४:०५ | Thursday, October 10, 2024
को बन्लान् रतन टाटाको उत्तराधिकारी? रतन टाटा। तस्बिर : एक्स

काठमाडौँ- टाटा समूहका प्रमुख रतन टाटाको निधनपछि उनको उत्तराधिकारी को बन्ने भन्ने विषयमा चर्चा सुरू भएको छ।
रतन टाटाको ८६ वर्षको उमेरमा बुधबार राति मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा निधन भएको हो।

रतन टाटाले विवाह नगरेकाले उनको उत्तराधिकारी को हुने विषयले चर्चा पाएको हो। विवाह नगरेकाले उनका कुनै सन्तान छैनन्। त्यसकारण टाटा सन्सको ‘च्यारिटबल ट्रस्ट’ का सदस्यमध्ये कसैलाई उत्तराधिकारीको जिम्मेवारी दिइने बताइएको छ।

उत्तराधिकारीको सूचीमा सबैभन्दा अगाडि नोएल टाटाको नाम अगाडि देखिएको छ। ६७ वर्षीय नोएल रतन टाटाका सौतेला भाइ हुन्। उनी यो पदको दाबेदारीको रेसमा सबैभन्दा अगाडि छन्। किनभने रतन टाटापछि उनी आउँछन् र नोएल यतिबेला टाटा समूहको ट्रस्टी पनि छन्।

त्यसकारण चेयरम्यान पदका लागि नोएलको नाम सबैभन्दा अगाडि लिन थालिएको छ।

को हुन् नोएल टाटा?

नोएल रतन टाटाका सौतेला भाइ हुन्। उनी नवल टाटा र सिमोन टाटाका छोरा हुन्। नोएल टाटा इन्टरनेसनल लिमिटेडका एमडीका रूपमा कार्यरत छन्। त्यस्तै टाटा ग्रुपको कैयौँ कम्पनीका सञ्चालक समिति सदस्य पनि छन्, उनी।

नोएल ट्रेन्ट, टाटा इन्टरनेसनल लिमिटेड, वोल्टास, टाटा इन्भेस्टमेन्ट कर्पोरेशनका चेयरम्यान पनि छन्। त्यस्तै उनी स्टील र टाइटन कम्पनीका उपप्रमुख छन्। नोएल टाटा ट्रस्ट र दोराबजी टाटा ट्रस्टका सदस्य पनि छन्।

नोएल चेयरम्यान बने उनी सर दोराबजी टाटा ट्रस्टको ११ औँ र सर रतन टाटा ट्रस्टका छैठौँ अध्यक्ष हुनेछन्।

नोएल यसअघि टाटा सन्सका अध्यक्ष बन्ने रेसमा पनि थिए। तर, नोएलका बहिनीज्वाइँ साइरस मिस्त्रीले यो जिम्मेवारी पाए। मिस्त्रीले एक्कासी पद छाडेपछि एन चन्द्रशेखरलाई टाटा सन्सका अध्यक्ष बनाइएको थियो।

नोएलका सन्तान पनि बन्न सक्छन् उत्तराधिकारी

नोएल बेलायतको सक्सेस विश्वविद्यालयबाट अध्ययन गरेका छन्। नोएलका तीन सन्तान छन्–लेह, माया र नेविल। उनीहरू सबै जना यतिबेला टाटा समूहको फरकफरक जिम्मेवारीमा छन्।

माया टाटा अपर्चुनिटिज फन्ड र टाटा डिजिटलको जिम्मेवारीमा छन्। टाटाको नयाँ एप ल्याउनमा उनले महत्वपूर्ण भूमिका वहन गरेका थिए।

नेविल टाटा ट्रेन्ट लिमिटेडको हाइपरमार्केटको नेतृत्व गरिरहेका छन्। त्यस्तै लिया टाटा ग्रुपको हस्पिटालिटी क्षेत्र, ताज होटल रिसोर्ट एन्ड प्यालेस र इन्डियन होटल कम्पनीसँग जुडेका छन्। यी तीन जनालाई पनि रतन टाटाको उत्तराधिकारी ठानिएको छ।

रतन टाटाको निधनमा भारतको झारखन्डमा राजकीय शोक, कसले के भने?

रहेनन् चर्चित उद्योगपति रतन टाटा

प्रकाशित: २४ असोज २०८१ १४:०५ | Thursday, October 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast