कोशी, बागमती र गण्डकीमा पानी पर्ने सम्भावना, काठमाडौँमा चिसो बढ्यो

हिमाल प्रेस २६ असोज २०८१ ७:११ | Saturday, October 12, 2024
कोशी, बागमती र गण्डकीमा पानी पर्ने सम्भावना, काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ- मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झा अनुसार शनिबार तीन प्रदेशका पहाडी भूभागका हल्का वर्षाको सम्भावना पूर्वानुमान गरिएको छ। ‘आज दिउँसो बदली र वर्षाको सम्भावना छ तर ठूलो भारी वर्षा भने हुनेछैन। त्यसैले आत्तिनुपर्ने अवस्था छैन। क्षति पुर्‍याउने किसिमको पानी पर्दैन।’

मौसमविद् झाले वर्षा भए पनि दसैँको टीका बिथोल्ने किसिमको झरी पर्ने अवस्था नरहेको बताए। दिउँसो कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरिएको छ।

न्यूनतम तापक्रम क्रमशः घट्र्दै गएकाले काठमाडौँमा सामान्य चिसो बढेको छ। अबको एक साता न्यूनतम तापक्रम घट्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कत अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज काठमाडौँको अधिकतम तापक्र २७ देखि २९ सम्म र न्यूनतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियस रहनेछ।

प्रकाशित: २६ असोज २०८१ ७:११ | Saturday, October 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast