कोशीलगायत पहाडी भूभागमा वर्षा हुने : मौसम विभाग

हिमाल प्रेस ८ कार्तिक २०८१ ६:२२ | Thursday, October 24, 2024
कोशीलगायत पहाडी भूभागमा वर्षा हुने : मौसम विभाग फाइल तस्बिर।

काठमाडौँ- हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भूभागका एक/दुई स्थानमा चट्यांगसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा चट्यांगसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका एक/दुई स्थानमा चट्यांगसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

प्रकाशित: ८ कार्तिक २०८१ ६:२२ | Thursday, October 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast