कोप-२९ मा नेपालको सहभागिता महत्त्वपूर्ण : वनमन्त्री

हिमाल प्रेस ७ कार्तिक २०८१ २१:४१ | Wednesday, October 23, 2024
कोप-२९ मा नेपालको सहभागिता महत्त्वपूर्ण : वनमन्त्री

काठमाडौँ- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप-२९ मा नेपालको सहभागिता महत्त्वपूर्ण हुने बताएका छन्।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाद्वारा आज (बुधबार) यहाँ आयोजित तालिमको उद्घाटन गर्दै उनले जलवायु परिवर्तन सम्मेलनमा नेपालको सहभागिता उपलब्धिमूलक बनाउन प्रयास गर्ने उल्लेख गरे।

उक्त सम्मेलन नेपालजस्ता जलवायु परिवर्तनले गम्भीर असर पारिरहेको देशहरुका लागि अझ महत्त्वपूर्ण हुने उनको भनाइ छ। मन्त्री ठकुरीले यसपटकको कोप सम्मेलनमा छलफल हुने जलवायु वित्तको विषय नेपालका लागि विशेष रहने उल्लेख गरे।

प्रकाशित: ७ कार्तिक २०८१ २१:४१ | Wednesday, October 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast