किसानलाई धान भित्र्याउने चटारो [तस्बिरहरू]

हिमाल प्रेस २९ असोज २०८१ ८:२० | Tuesday, October 15, 2024
किसानलाई धान भित्र्याउने चटारो [तस्बिरहरू]

काठमाडौँ- दसैँ सकिनेबित्तिकै किसानहरू धान भित्र्याउन व्यस्त भएका छन्। किसानहरू कात्तिकमा पाक्ने धानबाली भित्र्याउन व्यस्त भएका हुन्। असार-साउनमा रोपेको धान अहिले पाक्न थालेको छ। मधेश र पहाडी क्षेत्रका फाँटमा यति बेला पाकेको धानले पहेँलपुर देखिन्छ।

यस वर्ष मुलुकमा धान रोपाइँ ६ प्रतिशतले बढेको कृषि विभागका प्रवक्ता डा. अरुण काफ्लेले बताए। कुल १३ लाख ९८ हजार ९ सय ८५ हेक्टर जमिनमा धान रोपाइँ भएको छ। प्रवक्ता डा. काफ्ले मौसमले साथ दिएकाले ७ प्रतिशतले धान उत्पादन बढ्न सक्ने आकलन गर्छन्।

सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-७ मा थ्रेसरमा धान झार्दै स्थानीय किसान।
काठमाडौँ तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थलीको खेत फाँटमा लहलह झुलेको धानबाली।
काठमाडौँ टोखा नगरपालिका–२ स्थित चण्डेश्वरीमा खेतमा धान चुट्दै किसान।
धान काट्दै दाङको राप्ती गाउँपालिका–२ स्थित लालमटियाका स्थानीय किसान।
डोटीको बडीकेदार गाउँपालिका-५ थानकोटमा धान पाकेर पहेँलपुर देखिएका फाँट।
शुक्लाफाँटा नगरपालिका-३ मा पावर टिलरको सहायताले धान काट्दै किसान। मेसिनको सहायताले धान काट्न थालेपछि किसानलाई थप सहज भएको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुलबुलेस्थित बजार क्षेत्रको बीचमा पाकेर पहेँलपुर धानबाली।
काठमाडौँको टोखामा धान काट्दै किसान।

तस्बिरहरू : रासस

प्रकाशित: २९ असोज २०८१ ८:२० | Tuesday, October 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast