काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस
काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (बुधबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।
कालिमाटीमा आज धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालिमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारी स्कुल छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ।
कालिमाटीमा आज भारतीय ठूलो गोलभेँडा ११०, टनेलको सानो गोलभेँडा १२५, रातो आलु ८२, भारतीय रातो आलु ६३, भारतीय सुकेको प्याज १०३, तराईको गाँजर ९५, लोकल बन्दा ४५, स्थानीय काउली १२०, सेतो मुला २५, डल्ले भन्टा ९५, लाम्चो भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरी करेला ६५, लौका र परबल ६५, चिचिन्डो ४५, घिरौँला ६५, हरियो फर्सी ६५, भिन्डी ७५, स्कुस १७, चम्सुर, रायो र पालुंगोको साग ६५, कन्य च्याउ १३३, डल्ले च्याउ २७६, कुरिलो ७५०, ब्रोकाउली १५५ रुपैयाँ प्रतिकिलो छ। यो सबै थोकमा खरिद गर्दाको औसत मूल्य हो।
कालिमाटीमा हिजो गोलभेँडाको मूल्य प्रतिकिलो ८५ देखि १०५ रुपैयाँसम्म थियो। भारतीय गोलभेँडाको मूल्य ८५ छ भने नेपाली गोलभेँडाको मूल्य १०५ रुपैयाँ थियो।
त्यसैगरी भारतीय सुकेको प्याज १०३, तराईको गाँजर ९५, तराईको बन्दा ३५, स्थानीय काउली १२०, सेतो मुला २५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ९५, तने बोडी ११५, मकै बोडी ५५, करेला ६५, परबल ६५, चिचिन्डो ३५, पाकेको फर्सी ३७, हरियो फर्सी ७५, स्कुस १७, रायोको साग ५५, चम्सुरको साग १७६, कन्य च्याउ ११६, डल्ले च्याउ २७६, कुरिलो ८५०, ब्रोकाउली १६६ रुपैयाँ प्रतिकिलो थियो।




