कार्सटेन्ज पिरामिड आरोहण गरेर फर्किए निर्मल पुर्जा

हिमाल प्रेस ९ कार्तिक २०८१ ११:१३ | Friday, October 25, 2024
कार्सटेन्ज पिरामिड आरोहण गरेर फर्किए निर्मल पुर्जा

काठमाडौँ- पर्वत आरोहणको विशाल विरासत र इतिहास बोकेको नेपाल र नेपाली जनका लागि मात्र नभई समग्र विश्वभरि नै पर्वतारोहण र आत्मविश्वासको पर्यायवाची बनेका निर्मल पुर्जा सन् २०२४ को अक्टोबर २५ तारिखमा इण्डोनेशियाबाट नेपाल फर्किएका छन्।

सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो इण्डोनेशियाको कार्सटेन्ज पिरामिड आरोहण गरेर नयाँ कीर्तिमान का साथ आरोही निर्मल पुर्जा यस पटक नेपाल फर्किएका हुन्। कार्सटेन्ज पिरामिड विश्वको सात शिखर सम्मेलनहरू मध्ये एक हो र यो इन्डोनेसियामा पपुवा प्रान्तमा अवस्थित छ। कार्सटेन्ज पिरामिड चुचुरोमा उभिएर, निर्मल पुर्जाले आफ्नो सेभेन समिट च्यालेन्ज पूरा गरेका छन्।

केवल २ वर्ष ४ महिना र २८ दिनमा विश्वका १४ अग्ला चुचराहरू अक्सिजन बिना आरोहण गरी विश्व कीर्तिमान भर्खरै सन् २०२४ को अक्टोबर २ तारिखमा कायम गरेका थिए। त्यसपछि सेभेन समिटको आरोहण गर्ने तृष्णाका साथ अघि बढेका आरोही निर्मल पुर्जा कार्सटेन्ज पिरामिड आरोहण गरेर सेभेन समिटको सातै समिटहरू उक्लेर नेपाल फर्किएका हुन्।

यसका अलावा निर्मल पुर्जा विश्वको एक मात्र यस्ता पर्वतारोही हुनुहुन्छ जसले केवल ५ वर्ष ५ महिना र १२ दिनमा विश्वका सर्वाधिक अग्ला १४ चुचुराहरू अक्सिजन सहित र अक्सिजन बिना गरी आरोहण गरेर विश्व कीर्तिमान राखेका छन्। सन् २०१९ को अप्रिल २३ बाट सुरु भएको उनको यो अठोट सन् २०२४ अक्टोबर ४ मा आएर पुरा भएको हो।

प्रकाशित: ९ कार्तिक २०८१ ११:१३ | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast