काठमाडौँमा सरकारविरूद्ध माओवादीको खबरदारीसभा

हिमाल प्रेस १० कार्तिक २०८१ १५:०६ | Saturday, October 26, 2024
काठमाडौँमा सरकारविरूद्ध माओवादीको खबरदारीसभा

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले शनिबार काठमाडौँमा सरकारको विरोधमा प्रदर्शन गरेको छ।

वर्तमान सरकार गठन भएको सय दिन पूरा भए लगत्तै माओवादी केन्द्रले प्रदर्शन गरेको हो।

खबरदारी सभाअघि सुन्धाराबाट सुरू भएको माओवादी केन्द्रको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गसम्म पुगेको छ।

प्रदर्शनीमार्गमा आयोजना हुने खबरदारी साभमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पदाधिकारीहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

१० बुँदै एजेन्डासहित प्रदर्शन र खबरदारीसभा गरिएको माओवादी केन्द्रले जनाएको छ। भ्रष्टाचार काण्डका दोषीहरूलाई कारबाहीको दायरमा ल्याउन, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाप्रति सरकारको ध्यानाकर्षण गराउन, संविधान र लोकतन्त्रको रक्षा गर्न, मुलुकलाई दुई दलीय तानाशाहीमा लैजानबाट रोक्नलगायतका उद्देश्यसहित खबरदारीसभा गरिएको माओवादी केन्द्रले जनाएको छ।

सरकारबाट बाहिरिएयता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विपक्षी दलहरूलाई मोर्चाबन्दी गर्ने प्रयासमा जुटेका छन्।

प्रकाशित: १० कार्तिक २०८१ १५:०६ | Saturday, October 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast