काठमाडौँबाट अवैध सुनसहित दुई जना पक्राउ

हिमाल प्रेस ८ कार्तिक २०८१ १९:३७ | Thursday, October 24, 2024
काठमाडौँबाट अवैध सुनसहित दुई जना पक्राउ

काठमाडौँ- प्रहरीले सुनको अवैध कारोबार गर्ने दुई जनालाई काठमाडौँबाट पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोड क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।

शंकाको आधारमा न्युरोड क्षेत्रमा हिँडडुल गरिरहेका आनन्द साहुको शरीर खानतलासी गर्दा बिलविजकविनाको ११६.४५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।

साहुले बरामद भएको सुन काठमाडौँ–२५ बाँगेमुढा डेरा गरी बस्ने भारत कोलकत्ता, पश्चिम मेदिनीपुरका प्रशन्जित बेराको रहेको प्रहरीसमक्ष बयान दिएका थिए।

उनको बयानका आधारमा बेरालाई समेत पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०८१ १९:३७ | Thursday, October 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast