कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

हिमाल प्रेस १२ कार्तिक २०८१ १३:४७ | Monday, October 28, 2024
कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत गरेका छन्। उनले पार्टीका केन्द्रीय सदस्य डा गोपाल दहित प्रमुख रहेको उक्त विभागमा विधानको व्यवस्थाबमोजिम सोमबार सदस्य मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

विभागमा रामनारायण कठरिया महतो, रामदत्त जोशी (लेकुडा), हेमलाल पाण्डे, दीपकराज तिमिल्सिना, ठाकुरप्रसाद भुसाल, श्यामकुमार बुढा, उपेन्द्रराज सिग्देल, श्रवणराज मैनाली, सीतादेवी सापकोटा (फुयाल) र प्रह्लादकुमार कामतलाई मनोनीत गरिएको हो।

प्रकाशित: १२ कार्तिक २०८१ १३:४७ | Monday, October 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast