कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागमा दश सदस्य थप

हिमाल प्रेस ९ कार्तिक २०८१ १९:१६ | Friday, October 25, 2024
कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागमा दश सदस्य थप कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको संयोजकत्वमा रहेको कांग्रेस निर्माण व्यवसायी समन्वय विभागमा दश सदस्य थप गरिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा दश सदस्यलाई शुक्रबार मनोनयन गरेका हुन्।

मनोनितहरूमा रवि सिंह (काठमाडौँ), आङदोर्जे लामा शेर्पा (रामेछाप), गोमाया खण्डलु (चितवन), केशर बुढाथोकी (उदयपुर), हीरा भगत (धनुषा), रमेश शर्मा (काठमाडौँ), खिमप्रकाश मल्ल (स्याङ्जा), टेकबहादुर खड्का (बाँके), यमबहादुर बिसी (सुर्खेत) र प्रकाशबहादुर सेठ्ठी (कैलाली) रहेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: ९ कार्तिक २०८१ १९:१६ | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast