करेन्ट लागेर दुई बालिकाको ज्यान गयो

हिमाल प्रेस २६ असोज २०८१ २०:५३ | Saturday, October 12, 2024
करेन्ट लागेर दुई बालिकाको ज्यान गयो सांकेतिक तस्बिर

हेटौँडा- करेन्ट लागेर शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१६ चिसापानीमा दुई बालिकाको मृत्यु भएको छ। चिसापानी पश्चिम दक्षिणस्थित कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो।

उक्त पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका-१ निवासी नौ वर्षीया र हेटौँडा उपमहानगरपालिका-१६ निवासी सात वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए।

सँगै हिँडिरहेका दुवै बालिकाले अचानक जमेको पानीमा टेक्न पुग्दा करेन्ट लागेर बेहोस भएका थिए। बेहोस भएका दुवै बालिकालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएकामा उपचारका क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २६ असोज २०८१ २०:५३ | Saturday, October 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast