ओलीको दाबी : सय दिनमा सरकारले गर्छु भनेको ७० प्रतिशत काम सक्यो

हिमाल प्रेस ७ कार्तिक २०८१ १५:२५ | Wednesday, October 23, 2024
ओलीको दाबी : सय दिनमा सरकारले गर्छु भनेको ७० प्रतिशत काम सक्यो केपी ओली । फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले घोषणा गरेका कामहरूको प्रगती सन्तोषजनक रहेको दाबी गरेका छन्। बुधबार सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्दै ओलीले घोषणा गरेअनुसारका ७० प्रतिशत काम पूरा भएको दाबी गरेका हुन्।

उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीका बीच कार्यसम्पादन सम्झौता गर्‍यौँ। सबै मन्त्रालयले पहिलो एक सय दिन र बाँकी अन्य समयमा गर्ने कामहरुको सूची बनायौं।’

उनले सय दिनभित्र सरकारले गर्ने भनेको कामको सूचना २७४ रहेको र तीमध्ये १८५वटा काम पूरा भएको बताए।
‘पहिले सय दिन भित्र सबै मन्त्रालयले गर्ने भनेको कामको संख्या २७४ पुग्यो। ती मध्य १८५ वटा कामहरु सम्पन्न भएका छन्। यस सरकारले आफूले गर्छु भनेको ७० प्रतिशत काम गरेको छ,’ उनले भने, ‘यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि यो सरकारले पूरा गर्थ्यो।’

प्रकाशित: ७ कार्तिक २०८१ १५:२५ | Wednesday, October 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast