एम्नेष्टीका पूर्वअध्यक्ष एवं पत्रकार कुईंकेललाई मानवअधिकार रक्षक पुरस्कार

हिमाल प्रेस १० कार्तिक २०८१ २०:११ | Saturday, October 26, 2024
एम्नेष्टीका पूर्वअध्यक्ष एवं पत्रकार कुईंकेललाई मानवअधिकार रक्षक पुरस्कार

काठमाडौँ- पत्रकार राजन कुईंकेल राष्ट्रिय मानवअधिकार रक्षक पुरस्कारबाट सम्मानित भएका छन्।

लुम्बिनी वर्ल्ड पिस फोरमले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा लुईंकेल पुरस्कृत भएका हुन्।

फोरमले आयोजना गरेको ‘युवाका लागि दिगो शान्ति र सामाजिक उद्यमशीलतासम्बन्धी राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय पुरस्कार वितरण’ कार्यक्रममा संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उनलाई पुरस्कृत गरेका हुन्।

पुरस्कृत भएका लुईंकले एम्नेष्टी इन्टरनेसल नेपालका पूर्वअध्यक्षसमेत हुन्। लुईंकेललाई मानवअधिकार रक्षक पुरस्कार दिइएकोमा कतिपयले आलोचनासमेत गरेका छन्।

मानवअधिकारको क्षेत्रमा काम गर्ने एम्नेष्टीका अध्यक्ष आफैं मानवअधिकार रक्षक भएकाले उनलाई पुरस्कार दिइएकोमा आयोजकको आलोचना भएको हो।

एम्नेष्टीजस्तो संस्थाका पूर्वअध्यक्ष स्वतः मानवअधिकारकर्मी र मानवअधिकार रक्षक भएकाले यो क्षेत्रमा कलम चलाउने पत्रकारलाई आयोजक संस्थाले पुरस्कार दिनुपर्ने जानकारहरूको भनाइ छ।

मानवअधिकारका क्षेत्रमा निरन्तर कलम चलाइरहने, रिपोर्टिङ गर्ने पत्रकारले यो पुरस्कार पाउनुपर्ने उनीहरू बताउँछन्। मानवअधिकारको क्षेत्रमा कलम चलाउने पत्रकार पुरस्कृत हुँदा आयोजक संस्थाको झनै ओज बढ्ने उनीहरूको भनाइ छ।

प्रकाशित: १० कार्तिक २०८१ २०:११ | Saturday, October 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast