एमाले जग्गा प्रकरण : सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश

हिमाल प्रेस १२ कार्तिक २०८१ १७:३६ | Monday, October 28, 2024
एमाले जग्गा प्रकरण : सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ- सत्तारुढ दल नेकपा एमालेलाई पार्टी कार्यालय निर्माण गर्न भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङले दान गरेको जग्गासम्बन्धी रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

साथै सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेशसमेत दिएको छ। अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।

भाटभटेनीका सञ्चालक गुरुङले एमाले पार्टी कार्यालयका लागि कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा १० रोपनी १४ आना जग्गा दान गरेका थिए। गुरुङले दान गरेको जग्गामा पार्टी कार्यालय निर्माणका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले २५ असोजमा शिलान्यास गरेका थिए।

भ्रष्टाचार र ललिता निवासको जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट जग्गा दान लिएको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको छ।

प्रकाशित: १२ कार्तिक २०८१ १७:३६ | Monday, October 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast