एमालेसँग एकता हुँदैन भनेर कसम खाएको छैन तर सम्भावना देखेको छैन : माधव नेपाल

हिमाल प्रेस १२ कार्तिक २०८१ ११:५३ | Monday, October 28, 2024
एमालेसँग एकता हुँदैन भनेर कसम खाएको छैन तर सम्भावना देखेको छैन : माधव नेपाल

पोखरा- नेकपा एकीकृत समाजवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सहकारीको नाममा ठूलो लुटको धन्दा रहेको हुँदा जोसुकै भए पनि छुट दिन नहुने बताएका छन्।

सोमबार पोखरामा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यो सहकारी ठगी प्रकरणमा जोसुकै दोषी छन् भने उनीहरुले छुट पाउनु हुँदैन।’

उनले सहकारीपीडितप्रति आफ्नो सहानुभूति रहेको र सरकारले तत्काल उनीहरुको रकम फिर्ता गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

उनले पीडितले न्याय पाउनुपर्ने र दोषी उम्किन नहुनेमा जोड दिँदै अगाडि भने, ‘तर, राजनीतिक पूर्वाग्रहको आधारमा कुनै पनि काम नहोस्।’ पोखरामै यतिबेला रास्वपा सभापति तथा पूर्व उपपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि १० दिनदेखि प्रहरी हिरासतमा छन्।

उनले विचार मिल्ने दलहरूसँग एकताको सम्भावना हुनु राम्रो हो भने। तर, माओवादीसँग एकताको परिस्थिति नबनेको र एमालेसँग एकताको ‘कल्पनै नगरे हुन्छ’ भने।
उनी भन्छन्, ‘एमालेसँग पनि एकता हुँदै हुँदैन भनी कसम खाएको त होइन। तर सम्भावना नदेखेको हो।’
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दोष प्रकट गर्दै नेपालले भने, ‘केपी ओली सुध्रिनलायकको हो? सुध्रिहाल्यो भने त म खुसी नै हुन्छ ।’ उनले आफू कसैसँग रिस, राग, द्वेष देखाउने मान्छे नभएको तर कसैले फूर्ति धेरै देखाउँछ भने सहन नसक्ने स्पष्ट पारे ।
नेपालको राजनीति नेपालको मौषम झैं भएको उनको भनाइ थियो । उनले आफू ‘प्याटप्याट’ बोल्ने बानी नभएको र जस्तो परिस्थिति आउँछ, त्यसको सामना गर्दै जाने बताए ।

प्रकाशित: १२ कार्तिक २०८१ ११:५३ | Monday, October 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast