 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ- सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सुरू भएको हो।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शंकर पोखरेलगयातका नेताहरू उपस्थित भएका छन्।
बैठकमा हालसालै अविरल वर्षापछि निम्तिएको विपद् व्यवस्थापनमा पार्टीले खेल्ने भूमिका, पार्टी संगठन सुदृढीकरण, स्थानीय तहको उपनिर्वाचनलगायतका विषयमा छलफल हुने बताइएको छ।
                            प्रकाशित: २४ असोज  २०८१ १५:३५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 