एमक्युब ग्यालरीमा दुई विदेशीका कला प्रदर्शन

हिमाल प्रेस १३ कार्तिक २०८१ ७:४१ | Tuesday, October 29, 2024
एमक्युब ग्यालरीमा दुई विदेशीका कला प्रदर्शन

काठमाडौँ- नेपाली कला र यहाँको सांस्कृतिक सौन्दर्यप्रति आकर्षित भएका दुई विदेशी कलाकार यतिबेला ललितपुरस्थित एक्युब ग्यालरीमा एक महिनाको आवासीय कला कार्यशालामा व्यस्त छन्।

अक्टोबरभरि उनीहरूले ग्यालरीमा रहेर स्वतन्त्र रूपमा कला सिर्जना गर्ने अवसर पाएका हुन्। ग्यालरीका प्रमुख मनिषलाल श्रेष्ठले अक्टोबर महिनाभर इरानका चित्रकार सोमायेह सादत मिराब्वासी र अस्ट्रियाका फोटोग्राफर अनिता फुचले कला सिर्जना गरिरहेको जानकारी दिए।

‘उहाँहरू दुवै जना नेपालको कलाकृतिप्रति निकै उत्साहित हुनुहन्छ’, उनले भने, ‘एक महिनामा उहाँलेहरुले सिर्जना गरेका कला ग्यालरीमा प्रदर्शन भएका छन्।’

फुचले ‘शीर्षकविहीन’ शीर्षकको विचार भाव फोटोग्राफीमार्फत प्रस्तुत गरेको छ भने मीराब्वासीले मनमोहक डिजिटल कला प्रस्तुत गरेको छ। उनका सिर्जनामा अनौठो दृष्टिकोण प्रतिबिम्वित भएका ग्यालरीका प्रमुख श्रेष्ठले बताए। मिराब्वासीको कलामा जीवनको सुक्ष्मताभित्र पनि गहिरो अस्थित्व महसुस गराउन खोजिएको पाइन्छ।

‘उहाँको कलाले वरपर पाइने, वस्तुहरु, जनावर, बोटबिरुवा, ढुंगालगायतको आफ्नै असाधारण तथा अस्तित्व रहेको सन्देश दिन खोजेको छ’, उनले भने।

प्रकाशित: १३ कार्तिक २०८१ ७:४१ | Tuesday, October 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast