‘एक्टर’ को गीत ‘दिन बित्ला’

हिमाल प्रेस ४ कार्तिक २०८१ १२:०६ | Sunday, October 20, 2024
‘एक्टर’ को गीत ‘दिन बित्ला’

काठमाडौँ- फिल्म ‘एक्टरः टेक वन’ को गीत ‘दिन बित्ला’ सार्वजनिक भएको छ। ‍राजेश कुमार श्रेष्ठको शब्द रहेको गीतमा एलिश कार्की संगीत भरेका छन्। गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको स्वर छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र नव कलाकार दिव्या रायमाझीको रोमन्टिक अभिनय छ। राजन भुसालले निर्देशन गरेको फिल्म आगामी माघ १६ मा प्रदर्शन हुनेछ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा  आना शर्मा, राजबल्लभ कोइराला पनि मुख्य भूमिकामा देखिनेछन्। फिल्ममा आकाश बराल र निर्देशक भुसालको संयुक्त लेखन छ।

अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा बनेको फिल्मका निर्माता थम्मन कुमार भण्डारी हुन्। अनिश भुसाल यसको सह-निर्माता रहेको फिल्ममा क्रियटिभ प्रोड्युसरमा मोती कार्की छन्।

प्रकाशित: ४ कार्तिक २०८१ १२:०६ | Sunday, October 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast