एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

हिमाल प्रेस २९ असोज २०८१ १२:५३ | Tuesday, October 15, 2024
एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

मान्म- कालीकोटको महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ। चालु आर्थिक वर्षबाट गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको हो।

चालु आर्थिक वर्षको तीन महिनाको सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई दिइसकेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले ४९ देखि ५९ वर्ष उमेर समूहका एकल पुरुषलाई मासिक एक हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहले जानकारी दिए।

‘चालु आर्थिक वर्षको गाउँसभाबाट एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो,’ उनले भने, ‘साउनदेखि असोजसम्मको सामाजिक सुरक्षा भत्ता दिइसकेका छौँ।’ मापदण्डभित्रका एकल पुरुष काम गर्न शारीरिक रूपमा कमजोर हुँदै जाने उमेर समूहका भएकाले उनीहरूको सहाराका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए।

‘६० वर्ष उमेर पुगेपछि नागरिकले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ,’ उनले भने, ‘त्यसभन्दा कम उमेरका एकल पुरुषलाई भत्ता दिन थालेका छौँ।’ ४९ वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका, ४९ वर्ष पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ५९ वर्षसम्मका पुरुषलाई मासिक भत्ता दिने गाउँपालिकाले जनाएको छ।

प्रकाशित: २९ असोज २०८१ १२:५३ | Tuesday, October 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast