 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ- नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र स्थगित भएको छ। अब बन्दसत्र असोज १७ गते बिहान १० बजे पुन : सञ्चालन गरिने अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
असोज १० गते उद्घाटन भएको सम्मेलन उमेरहदका विषयमा अल्झिएर लम्बिइरहेको हो। संगठनमा रहन पाउने उमेरहद ३२ वा त्यो भन्दा कम तोक्ने वा उमेरहद नै नराख्ने भन्ने विषयमा विवाद भइरहेको हो।
विवाद नटुंगिएपछि त्यसको समाधान गर्ने जिम्मेवारी उपमहासचिव शक्ति बस्नेतले पाएका थिए। बस्नेतले मंगलबार रातिसम्म बागबजारस्थित होटल हार्दिकमा अखिल क्रान्तिकारीका पूर्वअध्यक्षहरू हिमाल शर्मा, रमेश मल्ल, नरेन्द्र न्यौपाने र वर्तमान अध्यक्ष पञ्चा सिंहसहित छलफल गरेका थिए।
तर, उक्त छलफलबाट पनि समाधान ननिस्केको अध्यक्षका प्रत्यासी जीपी मैनालीले जानकारी दिए। उनले आफूहरू उमेरहद स्वीकार गर्न तयार भएको तर नेतृत्व भने चुनावबाटै छान्नुपने बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 