उपाधिमा चुकेको नेपाली टोलीलाई काठमाडौँ महानगरको ‘सान्त्वना’ पुरस्कार

हिमाल प्रेस १५ कार्तिक २०८१ ६:२९ | Thursday, October 31, 2024
उपाधिमा चुकेको नेपाली टोलीलाई काठमाडौँ महानगरको ‘सान्त्वना’ पुरस्कार

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले साफ च्याम्पियनसिप-२०२४ को उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान गरेको छ।

मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता ढंगोलले बुधबार राति नै उपविजेता नेपाली टोलीलाई सम्मान गरेका हुन्।

देशलाई जोड्ने खेलाडीहरुलाई हार्दिक हार्दिक बधाइ! सधैँ देशलाई यसरीनै मायाले समात्नु होला,’ २५ लाखको चेक हस्तान्तरण गरेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले लेखेका छन्, ‘नेता र राजनीतिले टुक्राएको देशलाई सधैँ यसरीनै जोड्ने काम गरिराख्नु होला!’

बुधबार साँझ भएको साफको फाइनल खेलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएको थियो।

प्रकाशित: १५ कार्तिक २०८१ ६:२९ | Thursday, October 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast