इजरायली आक्रमणमा हमास प्रमुख सिनवार मारिएका हुन्?

हिमाल प्रेस १ कार्तिक २०८१ १९:५७ | Thursday, October 17, 2024
इजरायली आक्रमणमा हमास प्रमुख सिनवार मारिएका हुन्?

काठमाडौँ- इजरायली सेनाले आफूहरूले गरेको आक्रमणमा हमासका नेता याह्मा सिनवार मारिएकोबारे जाँच गरिरहेको जनाएको छ।

इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले एक वक्तव्य निकालेर आक्रमणमा ‘मारिएका तीन आतंकवादी’ को पहिचान हुन बाँकी रहेको बताएको हो।

आतंकवादी मारिएका स्थानमा बन्धकहरू रहेकोबारे कुनै संकेत नरहेको उसले जनाएको छ।

सामाजिक सञ्जाल एक्समा आईडीएफले लेखेको छ,‘गजामा आईडीएफको अपरेशनमा तीन आतंकवादी मारिएका छन्। तीन जनामध्ये सिनवार रहेको नरहेको विषयमा आईडीएफले जाँच गरिरहेको छ। आतंकवादीहरूको पहिचान हुन बाँकी छ।’

सिनवारलाई गत वर्षको अक्टोबर ७ तारिखमा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको प्रमुख योजनाकारको रूपमा लिइएको थियो।

प्रकाशित: १ कार्तिक २०८१ १९:५७ | Thursday, October 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast