इजरायली आक्रमणमा तीन लेबनानी पत्रकारको मृत्यु

हिमाल प्रेस ९ कार्तिक २०८१ १९:३४ | Friday, October 25, 2024
इजरायली आक्रमणमा तीन लेबनानी पत्रकारको मृत्यु

काठमाडौँ- इजरायलले गरेको हवाई आक्रमणमा लेबनानका तीन पत्रकारको मृत्यु भएको छ। दक्षिण–पूर्वी लेबनानस्थित एक भवनमा इजरायलले गरेको हवाई आक्रमणमा परी तीन जना पत्रकारको मृत्यु भएको हो।

हसबायास्थित गेस्ट हाउस परिसरमा कम्तीमा सात सञ्चारमाध्यमका दर्जनभन्दा बढी पत्रकारहरू बसेका छन्।

मारिएका पत्रकारहरू हिज्बुल्लाहको टीभी च्यानल अल मनार र अल मयादीनमा काम गरिरहेका थिए।

लेबनानका सूचनामन्त्रीले इजरायलले नियतवश आक्रमण गरेको र यो युद्ध अपराध रहेको बताएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा तीन पत्रकार घाइतेसमेत भएको बताएका छन्।

यो आक्रमणबारे इजरायली सेनाले हालसम्म आधिकारिक टिप्पणी गरेको छैन। पत्रकारहरूको हत्या गर्नु आफूहरूको लक्ष्य नभएको इजरायली सेनाले बताएको छ।

प्रकाशित: ९ कार्तिक २०८१ १९:३४ | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast