इजरायलको आक्रमणमा परी उत्तरी गजामा कम्तीमा २२ जनाको मृत्यु

हिमाल प्रेस १ कार्तिक २०८१ १९:१३ | Thursday, October 17, 2024
इजरायलको आक्रमणमा परी उत्तरी गजामा कम्तीमा २२ जनाको मृत्यु फाइल तस्बिर

काठमाडौँ- इजरायली आक्रमणमा परी उत्तरी गजामा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
इजरायलले उत्तरी गजास्थित एक विद्यालयमा गरेको पछिल्लो आक्रमणमा परी यो संख्यामा मानिसको ज्यान गएको हो।

हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीले इजरायलले विद्यालयलाई लक्षित गरेर आक्रमण गरेको बताएको हो।

यता इजयारली सेनाले विद्यालयलाई हमास र अन्य इस्लामी जिहादी संगठनले बैठकस्थलको रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ।

हमासले भने विद्यालयलाई आफूहरूले प्रयोग गरिरहेको इजरायलको दाबीलाई झुटो भनेको छ।

इजरायलसँग जारी युद्धपछि यो विद्यालयलाई शरर्णाथी शिविरको रूपमा प्रयोग गरिएको थियो।

इजरायली सेनाले यो क्षेत्रमा दुई साताअघि पनि आक्रमण गरेको थियो। हमासका लडाकुलाई एक ठाउँमा भेला हुन आफूहरूले रोकिरहेको इजरायली सेनाको भनाइ छ। एक दर्जन मानिसको सूची जारी गरेर इजरायली सेनाले आक्रमणका बेला उनीहरू त्यही विद्यालय भवनमा रहेको दाबी गरेको छ।

संयुक्त राष्ट्रसंघका अधिकारीहरूले गजाको जबालियामा फसेका हजारौँ प्यालिस्टाइनी ज्यादै दयनीय अवस्थामा रहेको र उनीहरूसँग खानेपिउने सुविधासमेत नरहेको जनाएका छन्।

प्रकाशित: १ कार्तिक २०८१ १९:१३ | Thursday, October 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast