आजको राशिफल

हिमाल प्रेस १३ कार्तिक २०८१ ६:११ | Tuesday, October 29, 2024
आजको राशिफल

आज मिति २०८१ कात्तिक १३ मंगलबार, तदनुसार २०२४ अक्टोबर २९, कात्तिक कृष्ण पक्ष, द्वादशी तिथिको राशिफल

मेष
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। सोचेको आटेको काममा सफलता मिल्नेछ। ब्यापार ब्यवसायबाट प्रसस्त लाभ मिल्नेछ।

वृष
पढाइलेखाइमा प्रगति हुनेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।

मिथुन
आश मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

कर्कट
घरेलु काममा रुची बढ्नेछ। धार्मिक र सामजिक काममा व्यस्त रहनुपर्नेछ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा केही समस्या देखिन सक्छ।

सिंह
मेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ। पढाइलेखाइमा प्रगति हुनेछ। ब्यापार ब्यवसायमा गरेको लाभ मिल्न सक्छ।

कन्या
दाम्पत्य जीवनमा खुसियाली छाउनेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन्। ब्यापार व्यवसायमा फाइदा हुनेछ। रमाइलो यात्राको योग रहेकोछ।

तुला
साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। ब्यापार ब्यवसायबाट लाभ मिल्नेछ। अरुले तपाइको मेहनत र इमान्दारिताको खुलेर प्रशंसा गर्नेछन्।

वृश्चिक
परोपकारी काममा रुची बढ्नेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। विश्वास गरेकाले धोका दिन सक्छन्। सामाजिक उत्तरदायित्व बढ्नेछ।

धनु
सामाजिक उत्तरदायित्व वहन गर्दै विदेश जाने मौका मिल्नेछ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। पढाइलेखाइमा प्रगति हुनेछ।

मकर
शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। प्रयास गर्दा व्यावसायिक काम सफल हुनेछन्। विगतका समस्या बल्झिए पनि साँझदेखि स्थितिमा सुधार आउनेछ।

कुम्भ
स्वास्थ्यमा केही समस्या आउने देखिन्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। लामो समयपछि साथीभाइसँग भेटघाट हुँदा मन खुसी रहनेछ।

मीन
टाढाको यात्राको सम्भावना देखिन्छ। पढाइलेखाइमा प्रगति हुनेछ। व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ। मेहनत गर्दा गेरको कामहरू सफल हुनेछन्।

प्रकाशित: १३ कार्तिक २०८१ ६:११ | Tuesday, October 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast