अर्थशास्त्रतर्फ नोबेल पुरस्कारको घोषणा, क–कसले पाए?

हिमाल प्रेस २८ असोज २०८१ १७:२८
अर्थशास्त्रतर्फ नोबेल पुरस्कारको घोषणा, क–कसले पाए?

काठमाडौँ- सन् २०२४ का लागि अर्थशास्त्रतर्फ नोबेल पुरस्कारको घोषणा भएको छ।

अर्थशास्त्रतर्फ यसपालि डेरौन ऐसमोग्लु, साइमन जौनसन र जेम्स ए.रबिनसनलाई नोबेल पुरस्कार दिने घोषणा भएको हो।

संस्थान निर्माण प्रक्रिया र यसले समृद्धिलाई प्रभावित गर्ने अध्ययनका लागि तीनै जनालाई यो पुरस्कार दिइएको हो।

सोमबार स्टौकहोममा अर्थशास्त्रतर्फ नोबेल पुरस्कार पाउने विजेताहरूको घोषणा भएको हो। डेरौन र साइमन मैसाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजिमा काम गर्छन् भने रौबिन्सन शिकागो विश्वविद्यालयमा कार्यरत छन्।

यो पुरस्कार अल्फेड नोबेलको स्मृतिमा दिइने गरिएको छ।

यसअघि सन् २०२४ का लागि शान्ति नोबेल पुरस्कार जापानमा भएको परणामु आक्रमणमा जोगिएको व्यक्तिहरूको समूह निहोन हिदानक्योलाई दिइएको छ।

प्रकाशित: २८ असोज २०८१ १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast